पाउण्डको मूल्य घट्दा डलर र युरोको स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा डलर र युरोको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज युरो र डलरको मूल्य स्थिर रहेको छ भने पाउण्डको विनिमय दरमा केही वृद्धि भएको देखिएको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर घटेर १६६ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved