धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा सरकार भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् ।
ओलीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेर आफूले सुरुवात गरेपनि अहिलेको सरकारले त्यसको बेवास्ता गरेको दाबी गरे ।
‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नु भएको छैन । एक वर्ष पुगेको बेला भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ’ ओलीले प्रचण्डलाई भने, ‘७० वर्ष पुग्न लाग्नु भयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’
अहिले मुलुक गम्भीर मोडमा रहेको टिप्पणी गर्दै ओलीले भने, ‘स्वाधीनता स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’
सरकारले गलत काममा संलग्नलाई पनि कारबाही गर्न नसकेको ओलीको आरोप थियो ।
Facebook Comment
Comment