क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छः अर्थमन्त्री महत

नेपालभ्युज

क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छः अर्थमन्त्री महत
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।

शुक्रवार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताए ।

उनले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गरे।

उनले भारत लगायत बाहिरि लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गरे । उनले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृद्धी ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताए ।

उनले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएको बताए ।

उनले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताए।

उनले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताए । उनले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताए ।

उनले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताए । उनले जोखीमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताए । उनले दुई थरिको बीमा रेट राख्नु उपयुक्त नभएको बताए । उनले बजारमा चलेको रेटमा नै जानुपर्ने बताए ।

उनले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताए । उनले कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved