त्रिवि उपकुलपति नियुक्ति: प्रतिस्पर्धीको अन्तर्वार्ता आइतबार

नेपालभ्युज

त्रिवि उपकुलपति नियुक्ति: प्रतिस्पर्धीको अन्तर्वार्ता आइतबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागी प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आइतबार लिइने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

सिफारिस समितिका अनुसार अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरू हुनेछ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिइने बताइएको छ । उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved