पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बने अल्बानीज

नेपालभ्युज

पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बने अल्बानीज

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले चार वर्ष पुरानो पार्टनर जोडी हेडेनसँग इन्गेजमेन्ट गरेका छन् ।

अल्बानीजले क्यानबेराको प्रधानमन्त्रीको आधिकारिक निवास द लजमा हेडेनलाई आफूले डिजाइन गरेको विशेष औंठीको साथ प्रस्ताव गरेका थिए ।

उनी पदमा रहँदा इन्गेजमेन्ट गर्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री हुन्।

अल्बानीज आफैँले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा इन्गेजमेन्टको खबर सेयर गरेका छन् । उनले लेखेका छन्, ‘उनले हुन्छ भनिन्।’

त्यसअघि जारी गरिएको संयुक्त विज्ञप्तिमा अल्बानीज र जोडीले भनेका छन्, ‘हामी तपाईलाई यो सबै समाचार सुनाउन पाउँदा खुसी छौं र हामी हाम्रो बाँकी जीवन सँगै बिताउन जाँदैछौं। हामी भाग्यमानी छौं कि हामीले एकअर्कालाई भेट्यौं।’

सन् २०२० मा ६० वर्षीय अल्बानीजले ४५ वर्षीय हेडेनलाई मेलबर्नमा एक व्यापारिक रात्रिभोजमा भेटेका थिए ।

यसअघि अल्बानीजले न्यू साउथ वेल्सका पूर्व उपप्रधानमन्त्री कार्मेल टेब्बटसँग विवाह गरेका थिए ।

विवाहको १९ वर्षपछि सन् २०१९ मा सम्बन्धविच्छेद भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved