प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवी उपकुलपतिको सर्टलिष्ट बनाएको ओलीको आरोप

नेपालभ्युज

प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवी उपकुलपतिको सर्टलिष्ट बनाएको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवी) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिवीको उपकुलपति बनाउन लागेको जिकिर गरेका हुन् ।

बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवी उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले मेरिटोक्रेसीको नाममा त्रिवी उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताए । अध्यक्ष ओलीले गैर आवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved