अग्लो देखिन चाहने युवतीले यस्तो लुगा लगाउनु ठिक हुन्छ

नेपालभ्युज

अग्लो देखिन चाहने युवतीले यस्तो लुगा लगाउनु ठिक हुन्छ

एजेन्सी । कतिपय अवस्थामा तपाईं आफूलाई होचो भएको, लुगा नसुहाएको वा आत्मविश्वास कम भएको महसुस गर्नुभएको छ ?

होचो हुनु आफैमा कुनै समस्या होइन । तर, पनि धेरैलाई अलिकति अग्लो देखिन मन पर्छ । यसका लागि तपाईंले लुगा लगाउने तरिकामा परिवर्तन गर्न सक्नुहुन्छ ।

लुगा लगाउँदैमा तपाईंको हाइट नै बढ्ने त हुँदैन तर पनि कस्तो लुगामा मानिस आकर्षक देखिन्छ भनेर चाहिँ ख्याल राख्नु जरुरी हुन्छ ।

आज हामी यहाँ होचो कद भएका युवतीले कस्तो लुगा लगाउँदा सुहाउँछ भनेर बताउनेछौं ।

  • कम हाइट भएका युवतीले अग्लो देखिन हाई वेस्ट लेग्गिंग लगाउनु सक्नुहुन्छ । यसले तपाईंका खुट्टा लामा देखिन्छन् ।
  • अग्लो देखिनका लागि सधैं फिटिंग कपडा लगाउनु पर्दछ । किनकी धेरै खुकुलो वा लुज कपडामा हाइट कम देखिन्छ । त्यसैले होचो व्यक्तिले जहिले पनि शरीरमा फिट हुने खालको लुगा लगाउनु पर्दछ ।
  • परम्परागत लुगामा होचा युवतीले लामो कुर्ता लगाउनुहोस् । छोटो हाइट भएका युवतीले प्लाजो वा खुकुलो सुरवाल लगाउनु हुँदैन यसमा कद अझै सानो देखिन्छ ।
  • कुनै पनि कपडाको गला गोलो लगाउँदा होचो देखिन्छ । त्यसैले होचा युवतीले सधै भि गला गरेको लुगा लगाउनु राम्रो हुन्छ ।
  • होचो कद भएका युवतीले तेस्रो पट्टी भएका लुगाको ठाउँमा सिधा रेखा वा पट्टी भएका लुगा लगाउनु पर्दछ ।
  • जिन्स पाइन्ट जहिले पनि हाई वेस्ट वाला छान्नुपर्दछ । साथै खुकुलो भन्दा टाइट जिन्स, स्ट्रेट जिन्स वा स्किनी जिन्स लगाउन सकिन्छ । यस्तो जिन्समा अग्लो देखिन्छ ।
  • होचा युवतीले साडी लगाउँदा जहिले पनि मसिनो बुट्टा भएको वा सानो बोर्डर भएको लगाउनु पर्दछ । सिफन, सिल्क वा जर्जेटको साडी राम्रो देखिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved