यात्रा गर्दा यी टिप्स अपनाउनुभयो भने हुनुहुन्न बिरामी

नेपालभ्युज

यात्रा गर्दा यी टिप्स अपनाउनुभयो भने हुनुहुन्न बिरामी

एजेन्सी । कतिपयलाई कामको कारणले पनि यात्रा गरिरहनु पर्ने हुन्छ । यात्राको क्रममा कतिपय मानिसको स्वास्थ्य पनि बिग्रने गर्छ । जसले गर्दा उनीहरु यात्रा गर्नबाट डराउने गर्छन् । तर यात्राका क्रममा केही टिप्सहरुको सहयोगले तपाईं आफूलाई स्वस्थ राख्न सक्नुहुन्छ । आउनुहोस् जानौं यसका बारेमा–

  •  यात्राका क्रममा सधैं आफूलाई हाइड्रेट राख्नुहोस् । यसका लागि प्रर्याप्त मात्रामा पानी पिउनुहोस् । यसबाहेक फलफूलहरु पनि भरपूर मात्रामा खानुहोस् ।
  •  यदी तपाईं यात्रा गर्न गइरहनु भएको छ भने एकदम भारी खाना खानबाट बच्नुहोस् । यसले तपाईंलाई विरामी बनाउन सक्छ । हल्का भोजन नै यात्राको क्रममा राम्रो हुन्छ ।
  •  यात्राको समयमा कतिपय मानिस चियाकफी धेरै पिउने गर्छन् । तर यसले तपाईंको पाचन प्रणालीमा असर पार्न सक्छ । त्यसैले यात्राका क्रममा अत्यधिक क्याफिनको सेवन पनि गर्नु अस्वस्थकर हुन्छ ।
  •  यात्राका क्रममा समयमा खाना खाने कोसिस गर्नुहोस् । प्रायः घुम्ने क्रममा मानिसले खानपानको समयतालिकालाई बिगार्ने गर्छन् । यसले पनि विरामी बनाउने सम्भावना हुन्छ ।
  •  यात्रा गरिसकेपछि आरामको पनि एकदमै आवश्यकता हुन्छ । त्यसैले समयमै निद्रा पनि पूरा गर्नुपर्छ । जसले गर्दा तपाईं विरामी पर्नुहुने छैन ।
  •  यात्राका क्रममा एउटा सानो मेडिकल किट आफूसँग सधैं राख्नुहोस् । जसमा केही अत्यावश्यक औषधी तथा सेफ्टीका सामग्री होस् ।
  •  यात्रामा जानु अघि पनि एकदमै चिल्लो खानेकुराबाट दुरी बनाउनुहोस् । यसले तपाईंको पाचन तन्त्रलाई खराब बनाउनुका साथै यात्राका क्रममा पेट खराब पनि हुन सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved