पत्नी कोमलको ‘बर्थ डे’ मनाउन पूर्वराजा ज्ञानेन्द्र चितवन जाँदै, १६ दिनको लागि सोल्टीमा ३२ कोठा बुक

त्यहाँ रहँदा पूर्वराजाले पत्नी कोमलको बर्थडेसहित चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपालभ्युज

पत्नी कोमलको ‘बर्थ डे’ मनाउन पूर्वराजा ज्ञानेन्द्र चितवन जाँदै, १६ दिनको लागि सोल्टीमा ३२ कोठा बुक

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आइतबार चितवन जाँदैछन् । भैरहवा र वीरगंजको भ्रमणपछि उनी चितवन जान लागेका हुन् ।

यसअघि भैरहवामा झन्डै एकसाता र वीरगंजमा केही दिन बिताएका ज्ञानेन्द्र भने चितवनमा आधा महिना बस्ने छन् ।

परिवारका अन्य सदस्यसहित चितवन जान लागेका पूर्व राजा १६ दिन त्यहाँ बस्ने कार्यक्रम तय भएको छ ।

पटिहानीको सोल्टी होटलमा बस्ने गरी कोठा बुक भएको छ । यसपटक भने उनी नितान्त निजी भ्रमणका लागि जान लागेको बताइएको छ ।

गतवर्ष पनि उनी चितवनकै होटल सोल्टीमा ८ दिन बसेका थिए । त्यहाँ रहँदा पूर्वराजाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन ७ गते पूर्वरानी कोमलको जन्मदिन छ । पटिहानीमा नै जन्मदिन मनाउने तयारी छ । उनले त्यहाँ ३२ वटा कोठा बुक गरेको छन् ।

यसपटक उनको भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियान गर्ने राजावादी समूहको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved