१३ वर्षपछि भएको अधिवेशनबाट महोत्तरी एमालेमा बलराम यादव

नेपालभ्युज

१३ वर्षपछि भएको अधिवेशनबाट महोत्तरी एमालेमा बलराम यादव

जनकपुरधाम । नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ ।

१३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंटौं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी देखिएपछि मतदान भएको थियो ।

निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले बलराम यादव नेतृत्वको प्यानल नै विजयी भएको जानकारी दिए । यादवले २५९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याएका छन् ।

विजयी भएका यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७, सचिवमा शम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ मत ल्याएर विजय भएका उनले जानकारी दिए ।

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले जानकारी दिए ।

४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीमा ४२९ मतदान भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved