घरबाट बाहिर निस्कँदा नै हुन्छन् शरीरलाई पाँच फाइदा

नेपालभ्युज

घरबाट बाहिर निस्कँदा नै हुन्छन् शरीरलाई पाँच फाइदा

एजेन्सी । अहिलेको समयमा युवा होस् वा बुर्जुग कसैलाई पनि घरबाहिर निस्कन समस्या हुन्छ । बच्चाहरु पनि पूरा दिन घरमै बसेर मोबाइल जस्ता उपकरणहरुबाट समय बिताउँछन् । जसले गर्दा शारिरीक तथा मानसिक विभिन्न समस्याहरु बढ्दै जान थालेका छन् ।

यस्तोमा तपाईंले थाहा पाउनुपर्छ घरबाहिर निस्कँदा पनि शरीरलाई कति धेरै फाइदा हुन सक्छ भनेर ।

तनाव कम हुन्छ

घरमा लामो समय बसिरहँदा मान्छेले फ्रस्ट्रेशन महसुस गर्छ । जसले गर्दा तनाव पनि बढ्न सक्छ । यस्तोमा तपाईं कोठा तथा घरबाट बाहिर निस्केर केहीबेर पार्क, मन्दिरजस्ता खाली स्थानमा निस्कँदा तनाव कम हुन्छ । साथमा शरीरमा ऊर्जा पनि बढ्न थाल्छ ।

भिटामिन डी पाइन्छ

भिटामिन डी हाम्रो शरीरका लागि एकदमै जरुरी हुन्छ । शरीरमा यो भिटामिनको कमी हुँदा हड्डी कमजोर हुन थाल्छन् । साथमा यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउन थाल्छ ।

यस्तोमा केहीबेर बाहिर निस्कँदा तपाईंले घामबाट भिटामिन डी पनि पाउनुहुन्छ साथमा शरीर चलायमान भइरहन्छ ।

राम्रो निद्रा आउँछ

बाहिर घुम्नाले तपाईंको निद्रा पनि राम्रो हुन्छ । साथमा आँखाका कोशिकालाई सही तरिकाले काम गर्नका लागि सूर्यको किरण पनि आवश्यकता पर्दछ । उमेर बढ्दै जाँदा यो अत्यावश्यक पनि हुन्छ । यस्तोमा बाहिर घुमफिर गर्दा रातमा राम्रो निद्रा पनि पर्छ ।

सकारात्मक महसुस हुन्छ

घरबाट बाहिर निस्केर केही गतिविधि गरियो भने तपाईंमा सकारात्मक भावना बढ्छ । तपाईं आफैमा एकदमै राम्रो महसुस गर्न सक्नुहुनेछ ।

शरीर फिट रहन्छ

घरबाट बाहिर निस्कने बानी लगातार भइरह्यो भने कसरत गर्न पनि प्रोत्साहन हुन्छ । जसले गर्दा तपाईं निस्केको अवस्थामा कसरत गर्न पनि जोड दिनुहुन्छ । अनि शरीर फिट रहन्छ । शरीरको थोरै मात्रामा पनि क्यालोरी बर्न गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved