तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै

नेपालभ्युज

तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै
फाइल तस्वीर।

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदैछ । सोनाम ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ ।

ल्होसारलाई नयाँ वर्षका रूपमा मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष शुरु भएको छ ।

आजदेखि खरायो वर्ष पूरा गरी ड्रागन वर्ष प्रवेश भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेको छ ।

स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइने छ । राजजधानीमा रहेका तामाङ समुदायले टुँडिखेलमा भेला भई ल्होसार मनाउने गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved