इजरायलसमक्ष हमासले गर्‍यो चरणबद्ध युद्ध विरामको प्रस्ताव

नेपालभ्युज

इजरायलसमक्ष हमासले गर्‍यो चरणबद्ध युद्ध विरामको प्रस्ताव

काठमाडौं। प्यालेस्टाइनको अतिवादी समूह हमासले इजरालयले गरेको युद्ध विरामको प्रस्तावलाई लागु गर्न केहि शर्तहरु राखेको छ।

प्रस्तावको जवाफमा हमासले प्यालेस्टिनी कैदीको सट्टामा बन्धकहरु रिहा गर्ने र गाजा पूर्ननिर्माणको प्रस्तावलाई अघि सारेको हो। हमासले इजरायली सेनालाई फिर्ता बोलाउन माग गर्दै ४५ दिनको ३ चरणमा गरिने युद्धविरामलाई प्रस्ताव गरिएको छ।

यो प्रस्तावलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्वीकार गर्ने सम्भावना रहेको छ। प्रधानमन्त्री नेतान्याहुले गाजामाथि पूर्ण विजयी प्राप्त गरेको बताउँदै आएका छन्।

इजरायलको प्रस्तावलाई अमेरिकाको समर्थन रहेको छ भने कतार र इजिप्टले मध्यस्तकर्ताको भूमिका खेलेका छन्। यो समर्थन भने औपचारिक रुपमा बाहिरिएको छैन।
रोयटर्स न्यूज एजेन्सीका अनुसार हमासको मस्यौदामा निम्न लिखित बुँदाहरु समावेश गरिएका छन्।

  •  पहिलो ४५ दिने चरणमा हुने युद्धविराममा सबै इजरायली महिला बन्धक, १९ वर्ष भन्दा मूनिका किशोर, वृद्ध तथा विरामीलाई इजरायली कारागारमा भएको प्यालेस्टिनी महिला र बालकसँग साट्ने उल्लेख गरिएको छ, गाजामा उच्च जनसंख्या भएका क्षेत्रबाट इजरायली सेनालाई फिर्ता गराउने र अस्पताल तथा शरणार्थी शिविरको पुनःनिर्माण सुरु गर्ने
  •  दोस्रो चरणमा भने पुरुष इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरुसँग साट्ने र इजरायली सेनाले पूर्ण रुपमा गाजा छाड्ने
  •  तेस्रो र अन्तिम चरणमा भने बचेका तथा लाशहरुलाई एक ठाँउबाट अर्को ठाँउमा पठाइने

सोही सम्झौताअन्तर्गत गाजामा खाद्यन्न तथा अन्य राहत सामाग्रीको संख्या बढाइनेछ। १३५ दिन पश्चातको युद्धविरामपछि वार्ता टुङ्गिने हमासले जनाएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले भने यसबारे प्रतिक्रिया दिएका छन्। सो प्रस्तावमा मागहरु आवश्यकभन्दा केहि बढि भएको राष्ट्रपति बाइडेनले टिपणी गरेका छन्।

पूर्णरुपमा युद्धविराम हुनु अगाडि विभिन्न कामहरु बाँकी रहेको राज्य सचिव एन्थोनी ब्लिन्केनले बताए। तर, उनले दिर्घकालीन समयमा भने यसले महत्व बोक्ने बताए।

गत नोभेम्बरमा भएको एक हप्ताको युद्धविरामको दौरान १०० बन्धकलाई २४० प्यालेस्टिनी कैदीको सट्टा रिहा गरिएको थियो। गतवर्ष ७ अक्टोबरमा दक्षिण इजरायलमा हमासले गरेको आक्रमणमा परी करिब १३०० मानिस मारिएका थिए।

इजराजयले गरेको जवाफी हमलामा परी २७ हजार ५०० भन्दा बढि प्यालेस्टिनीको मृत्यु हुँदा करिब ६५ हजार मानिस घाईते भएको हमासले संचालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved