पाकिस्तानमा चुनावको एकदिन अघि बम विस्फोट, २३ जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानमा चुनावको एकदिन अघि बम विस्फोट, २३ जनाको मृत्यु

काठमाडौं । आम निर्वाचन हुनुभन्दा एक दिनअघि पाकिस्तानको बलुचिस्तान प्रान्तका दुई ठाउँमा बम विस्फोट भएको छ ।

विस्फोटमा परि कम्तिमा २३ जनाको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

बलुचिस्तानका अधिकारीहरूका अनुसार पहिलो विस्फोट पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार इसफन्दियार काकरको कार्यालय बाहिर भएको थियो । यस विस्फोटमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दोस्रो बम विस्फोट किला सैफुल्लामा जमियत उलेमा इस्लाम उम्मेदवारको कार्यालय बाहिर भएको थियो । किला सैफुल्लाहका प्रहरी उपरीक्षक अख्तर अचकजाईका अनुसार यस विस्फोटमा नौ जनाको मृत्यु भएको छ ।

बलुचिस्तानका कार्यवाहक सूचना मन्त्री जोन अचकजाईले विष्फोटको बाबजुद प्रान्तमा आम निर्वाचनको तालिकामा कुनै फरक नपर्ने बताएका छन् ।

पिसिन र किला सैफुल्लाह नजिकैका जिल्लाहरू हुन् र यी दुबै जिल्लाहरू अफगानिस्तानसँग सीमा जोड्छन् । अहिलेसम्म कुनै पनि समूहले विष्फोटको जिम्मेवारी लिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved