चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

नेपालभ्युज

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ । सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने अपेक्षा आयोजकको रहेको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रूप दिने गरी निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताएको छ । नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठुलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो,समावेशी,हरित,पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी,पुँजी संकलन,व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताए ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, बुल्गेरिया, चेक रिपब्लिक इटली, स्वीडेन, बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकायहरू आउने उनको भनाई छ । उनले जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको बताएका छन् ।

त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुक ऊर्जामय भएको अवस्था रहेको बताए । २०३५ सम्म १३ हजार मेगावाट नेपालमा उत्पादित विद्युत् खपत गर्ने लक्ष्य रहेको भन्दै विशेष गरी विद्युत् उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेकोमा उनले जोडे दिएका छन् । १० वर्षमा १० हजार मेगावाट भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत् उत्पादन गर्न विषय गम्भीर रहेको उनले बताए ।

अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार विद्युत् मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने बताएका छन् । नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उहाँको भनाई छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गरे ।

एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने छन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधबारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved