क्लोजअप नेपालको डिजिटल अभियान, युवाहरूका लागि अफरै अफर 

नेपालभ्युज

क्लोजअप नेपालको डिजिटल अभियान, युवाहरूका लागि अफरै अफर 

काठमाडौं । क्लोजअप नेपालले फस्र्ट मुभ #NajikAau डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ । युवाहरूमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त क्याम्पेन सम्पन्न गरिएको हो ।

दाँतको स्वास्थ्य सम्बन्धी सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरूमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ । सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियानमा २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् ।

एक भिन्न सोचाइको साथ #NajikAau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ । जसमा दर्शकहरूले चार विभिन्न कथाहरूको निष्कर्ष निर्धारण गर्न सक्छन् । दर्शकले यी कथाहरूलाई कसरी अगाडी बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएको कमेन्टहरूबाट कथालाई निष्कर्ष दिइने जनाइएको छ ।

साथै क्लोजप नेपालले एक microsite: www.closeupnajikaau.com पनि ल्याएको छ । जसमा सहभागीहरूले दैनिक क्वीज खेल्न सक्छन् । आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्नेछन् र विभिन्न आकर्षक उपहारहरू पनि जित्ने मौका पाइने जनाइएको छ ।

छानिएका उत्कृष्ट एक सय लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरुमा प्रदर्शन हुनेछन् । त्यस्तै, तीन जना विजेताहरूले काठमाडौं उपत्यकामा नै पाँचतारे होटेलमा आफ्नो प्रियजनसँग एक्सक्लुसिप लक्जरी डिनर डेट गर्न पाउने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved