भारत भ्रमणमा जानेका लागि एनसेलको आकर्षक इन्डिया रोमिङ प्याक

नेपालभ्युज

भारत भ्रमणमा जानेका लागि एनसेलको आकर्षक इन्डिया रोमिङ प्याक

काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ प्याक संचालनमा ल्याएको छ ।

यो प्याक सुचारु गरी ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

ग्राहकले कर सहित १०० रुपैयाँमा यो रोमिङ प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ ।

यति मात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन् । यो प्याक शुक्रबार ९माघ १९०बाट संचालनमा आएको हो ।

यो प्याकले भारत र नेपाल सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ ।

त्यसै गरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरूलाई पनि विशेष महत्त्व दिने जनाएको छ । ग्राहकहरूले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

त्यसै गरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत पनि सुचारु गर्न सकिन्छ । यो प्याक लिने बित्तिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् ।

यसको मतलब ग्राहकले कर सहित मात्र १६।४८ रुपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६।३४ रुपैयाँमा एसएमएस पठाउन सक्छन् ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइँको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफूले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved