मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंक, दुई साताभित्र सार्वजनिक हुनसक्ने 

नेपालभ्युज

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंक, दुई साताभित्र सार्वजनिक हुनसक्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिएसँगै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको राष्ट्र बैंक अबका दुई हप्ताभित्र सार्वजनिक गर्ने तयारीमा छ ।

नेपाल राष्ट्र बैंकका सह–सूचना अधिकारी डा. भगवत आचार्यका अनुसार समीक्षाबारे अहिले छलफल चलिरहेको छ । उनले नेपाल राष्ट्र बैकको अनुसन्धान विभागले तथ्यांक संकलनको लागि तयारी गरिरहेको हुँदा दुई सातामा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन सक्ने जानकारी दिए ।

यद्यपि, समीक्षाको दिन भने यकिन भइनसकेको उनले बताए । मौद्रिक नीति समीक्षामार्फत केही नीतिगत व्यवस्थासमेत फेरबदल गर्ने विषयमा छलफल भइरहेको सह–सूचना अधिकारी आचार्यको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved