सांसदहरुलाई ओलीको निर्देशन : संसद्‍को रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्नू

नेपालभ्युज

सांसदहरुलाई ओलीको निर्देशन : संसद्‍को रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्नू

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‍को रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पार्टीका सांसदहरुलाई सचेत गराएका हुन् ।

तर, ती व्यक्तिको भने विरोध गर्नुपर्ने उनले बताए ।

संघीय संसद्‍का दुवै सदनको अधिवेशन सोमबार सुरु हुँदैछ । अधिवेशन सुरु हुनु पूर्व एमाले अधिवेशन लक्षित संसदीय दलको बैठक बोलाएको हो । शनिबार र आइतबार सञ्‍चालन भएको बैठकमा सदनमा पार्टीको भूमिका, सांसदहरूको प्रस्तुती, पार्टीगत अडानलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved