आफ्नै मृत्युको झुटो खबर फैलाउने पुनम पाण्डेविरुद्ध उजुरी दर्ता

नेपालभ्युज

आफ्नै मृत्युको झुटो खबर फैलाउने पुनम पाण्डेविरुद्ध उजुरी दर्ता

नयाँ दिल्ली । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ ।

शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् ।

सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो । साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि यो घटना रहस्यमयी बन्यो ।

तर शनिबार पाण्डे आफैँले एउटा भिडिओ शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् ।

अघिल्लो दिन अभिनेत्रीलाई श्रद्धाञ्जली दिइरहेका फिल्डम इन्डष्ट्री र टिभीका सेलिब्रेटीहरु भिडिओ देखेपछि क्रुद्ध भए ।

अधिकांशले पुनमलाई गाली गरिरहेका छन् । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अधिकांशको भनाइ छ ।

वकिल अली काशिफ खान देशमुखले पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved