अमेरिकी आक्रमणले तनाव र अस्थिरताबाहेक कुनै नतिजा आउँदैन : इरान

नेपालभ्युज

अमेरिकी आक्रमणले तनाव र अस्थिरताबाहेक कुनै नतिजा आउँदैन : इरान

काठमाडौं । इरानले शुक्रबार सिरिया र इराकमा आफ्नो देशको सीमासँग जोडिएका धेरै लक्ष्यमा अमेरिकाले गरेको आक्रमणलाई ‘रणनीतिक गल्ती’ भनेको छ।

इरानको विदेश मन्त्रालयले सिरिया र इराकमा भएको आक्रमणले मध्यपूर्व क्षेत्रमा तनाव र अस्थिरता बाहेक अरू कुनै नतिजा नहुने बताएको छ। यसअघि इराकले पनि अमेरिकी आक्रमणले यस क्षेत्रमा ‘विनाशकारी नतिजा’ ल्याउने बताएको थियो।

इराकी प्रधानमन्त्रीको कार्यालयका अनुसार सो आक्रमण देशको सार्वभौमसत्ताको उल्लंघन हो र यसले क्षेत्रको सुरक्षा र स्थिरतालाई असर गर्ने छ ।

अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १६ जनाको मृत्यु भएको इराकी अधिकारीले बताएका छन्। अर्कोतर्फ सिरियाले आफ्नो क्षेत्रमा अमेरिकी ‘कब्जा’ जारी राख्न नसक्ने बताएको छ ।

शुक्रबार धेरै अमेरिकी बी–१ सुपरसोनिक बमवर्षक विमानले सिरियाका चार र इराकका तीनवटा आधारमा ३० मिनेटभित्र ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरेका थिए ।

यी आक्रमण सिरिया र इराकमा रहेको भनिएका इरानी रिभोलुसनरी गार्ड्स कोरको कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बन्धित विद्रोही समूह लक्षित रहेको बताइएको थियो।

यसअघि जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन हमला भएको थियो । उक्त आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए ।

अमेरिकाले यसका लागि इरान समर्थित मिलिशिया संगठनलाई जिम्मेवार ठहर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved