आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

नेपालभ्युज

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौं। त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा थ्री स्टार क्लबलाई ३–० को गोलअन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीका लागि जिलेस्पी जंग कार्की, फत्तेमान घले, र बसन्त जिम्बाले गोल गरे। ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।

८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा बसन्तले आर्मीका लागि तेस्रो गोल गरे।

यससँगै विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ र उपविजेता थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved