बलिउडका स्टार जसले भिलेन बनेर पनि दर्शकको मन जिते

नेपालभ्युज

बलिउडका स्टार जसले भिलेन बनेर पनि दर्शकको मन जिते

एजेन्सी । सुनील शेट्टी बलिउडका चर्चित कलाकार हुन् । यी अभिनेता सन् १९९२ मा ‘बलवान’ फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए । यो फिल्म बक्स अफिसमा सफल भएको थियो ।

त्यसपछि सुनील शेट्टीको करिअर अगाडि बढ्दै गयो । उनका फिल्मले राम्रै कमाई गरिरहेका थिए । यसैबीच उनको हातमा एउटा ठूलो फिल्म हात लाग्यो । जसमा उनको भूमिका भने नकारात्मक थियो ।

उनले शाहरुख खानको फिल्म ‘मैं हुँ ना’ मा नकारात्मक भूमिका निभाएका थिए । यो फिल्ममा भिलेन बनेर सुनील शेट्टीले चारैतिर वाहवाही पाए । सन् २००४ को फिल्म मै हुँ ना सुपरहिट भएको थियो ।

यो फिल्मपछि उनी नकारात्मक भूमिकामा बढि देखिन थाले । जसमा उनलाई एकदमै मन पराइन थालियो । साथमा उनले धेरै दक्षिण भारतीय फिल्ममा पनि काम गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved