संसद् अधिवेशन चल्दासम्म कांग्रेस सांसदहरूले काठमाडौं छाड्न नपाउने

यस्तै कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदहरूको उपस्थिति अनिवार्य बनाएको छ ।

नेपालभ्युज

संसद् अधिवेशन चल्दासम्म कांग्रेस सांसदहरूले काठमाडौं छाड्न नपाउने

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसद् अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

संसद् अधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नभइन्जेल काठमाडौंमै रहन निर्देशन दिएको हो ।

यदि छाड्नै परे प्रमुख सचेतक अथवा सचेतककसँग लिखित अनुमति मागेर मात्रै जान सकिने निर्णय कांग्रेसले गरेको छ ।

बैठकका निर्णयहरू सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, “भरसक नजाने, यदि जानैपरे पनि लिखित अनुमति प्राप्त भएपछि मात्रै जान पाउने निर्णय गरिएको छ । यसले संसद्‌मा प्रभावकारिता बढ्छ भन्ने ठहर छ ।”

यस्तै कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदहरूको उपस्थिति अनिवार्य बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved