ट्रकको ठक्करबाट मकवानपुरमा एक युवाको मृत्यु

नेपालभ्युज

ट्रकको ठक्करबाट मकवानपुरमा एक युवाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । ट्रकले मोटरसाइकललाई ठक्करदिदा मकवानपुरमा एक युवाको मृत्यु भएको छ । २० वर्षीय मोटरसाइकल चालक कोरेस चेपाङको मृत्यु भएको हो । बिहीबार बेलुका ८ बजेतिर मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने चेपाङ चितवनको माडी नगरपालिकाका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ट्रकले विपरीत दिशामा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved