‘रेड सी’ मा अमेरिका र बेलायत रक्षात्मक, हुथीसमूह थप आक्रामक बन्दै

नेपालभ्युज

‘रेड सी’ मा अमेरिका र बेलायत रक्षात्मक, हुथीसमूह थप आक्रामक बन्दै

काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध बारम्बार संयुक्त आक्रमण गरेपनि आफ्ना जहाज जोगाउन अमेरिका र बेलायत असफल हुदै गएका छन् ।

हुथी समूहले पश्चिमा जाहाजमाथि आक्रमण बढाउदै गर्दा अमेरिका र बेलायत रक्षात्मक बन्दै गएको बीबीसीले जनाएको छ ।

गत जनवरी ११ बाट अमेरिकाको नेतृत्वमा आक्रमण सुरु भएयता रेड सी बाट हुने व्यापार ढुवानी २९% ले घटेको छ । रेड सीको व्यापारी मार्ग प्रयोगमा भइरहेको कमीले हुथी आक्रमणको प्रभावकारितालाई पुष्टि गरेको छ ।

इजरायलसँग जोडिएका जहाजमा आक्रमण केन्द्रित गरेको हुथीलाई अमेरिकाले जिस्काएपछि बेलायत र अमेरिकासँग सम्बन्धित जाहाजलाई हुथी समूहले निशाना बनाएको छ ।

अमेरिकाको संयुक्त आक्रमणपछि  विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्र र ड्रोन  मात्र प्रयोग गर्ने हुथी समूह अहिले यमनबाट प्रक्षेपण गरिएका मिसाइल प्रयोग गर्न थालेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved