बाँसबारी जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई भेट्न पुगे राष्ट्रपतिका सल्लाहकार

नेपालभ्युज

बाँसबारी जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई भेट्न पुगे  राष्ट्रपतिका सल्लाहकार

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अजितनारायण सिंह थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार पुगेका छन् ।

कांग्रेस नेता समेत रहेका सुनिल थापा सीआइबी कार्यालय महाराजगन्ज पुगेका हुन् । छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा थिए ।

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपलाई दिने प्रक्रियामा थापाको समेतको प्रत्यक्ष संलग्नता देखिएपछि उनी पनि पक्राउ परेका हुन् ।

अजित पक्राउ परेका खबर पाएपछि थापा सीआईबी पुगेका थिए । तर उनले अजितसिंह थापा आफ्नो काका भएको कारण मात्र भेट्न गएको सुनिल थापाले बताएका छन् ।

सीजी ग्रुपका पूर्वमहाप्रबन्धक पनि पक्राउ, तीनै जनालाई लगियो म्याद थप्न अदालत

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved