छालाजुत्ता जग्गा हिनामिना प्रकरण:

सीजी ग्रूपका पूर्वमहाप्रबन्धक पनि पक्राउ, तीनै जनालाई लगियो म्याद थप्न अदालत

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, अजितनारायण सिंह थापापछि अरुण चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

नेपालभ्युज

सीजी ग्रूपका पूर्वमहाप्रबन्धक पनि पक्राउ, तीनै जनालाई लगियो म्याद थप्न अदालत

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, अजितनारायण सिंह थापापछि अरुण चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

ठाकुर चाँदबाग रिजेन्सी प्रालिका अध्यक्ष पनि हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रक्रियामा ठाकुरसमेतको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को भनाइ छ ।

उनले आफ्नो कम्पनीको तर्फबाट फाइल मिलाउने काम गरेका थिए ।

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का बासिन्दाले उजुरी दिएका थिए ।

देशकै ठूलोमध्येको औद्योगिक व्यापारिक घराना चौधरी ग्रूप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरी पनि यस प्रकरणमा अनुसन्धान भइरहेको छ।

विनोद चौधरी तत्काल पक्राउ नपर्ने, जग्गा हिनामिना अनुसन्धान भने जारी रहने

उजुरी दिनेमा ४८ भन्दा बढी छन् । पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

सीआईबीले यस प्रकरणमा तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।

सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरिरहेको थियो ।

उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरू संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो ।

यसरी हत्याएको थियो सीजीले बाँसबारीको जग्गा

पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ । त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । पक्राउ परेका अरुण चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन् ।

२०२० सालमा चीन सरकारको अनुदान सहयोगमा बाँसबारी छाला तथा जुत्ता कारखाना खोलिएको थियो ।

२०४० को दशकको शुरूदेखि सरकारी निकायहरूबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन बनाउन थालियो ।

अख्तियारले ‘बाइपास’ गरेका अरुण चौधरी सीआईबीको फन्दामा !

कारखानाको ८३ रोपनी जग्गा थियो । त्यसमध्ये १० रोपनी बिक्री गर्ने निर्णय भयो ।

२०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठक बस्यो ।

प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा जग्गा बेच्ने निर्णय भयो । त्यो बेलामा चौधरी समूहको च्याम्पियन फुटवेयर लिमिटेड ६ रोपनी जग्गा बेच्ने निर्णय भएको थियो ।

च्याम्पियन फुटवेयरमा सञ्चालकमा चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल थिए । बाँसबारी छाला तथा जुत्ता कारखानापनि शेयर सदस्य थियो ।

किनकि बाँसबारी छाला तथा जुत्ता कारखानालाई चौधरी समूहले जग्गा किनेको पैसा दिएन । शेयर सदस्य बनाएर राख्यो ।  १५ सय कित्ता शेयर, प्रतिशेयर १ हजार रुपैयाँका दरले बाँसबारी छाला तथा जुत्ता कारखानालाई दिइयो ।

बाँसबारी छाला जुत्ताका तत्कालीन प्रमुख अजितनारायण पनि पक्राउ, चौधरी ग्रूपसँग थियो यस्तो ‘कनेक्सन’

प्रतिरोपनी जग्गाको मूल्य ८ लाख ४९ हजार रुपैयाँ थियो । तर च्याम्पियनले जम्मा २५ लाख रुपैयाँको शेयर दिएर बाँसबारीको १० रोपनी जग्गा हात पार्यो‍ ।

तर जग्गा हात पारेपछि फुटवेयर कम्पनी नै बन्द भयो । चौधरी समूहले  सरकारको नाममा रहेको शेयरसमेत एकैपटक आफ्नो समूहले आफ्नोमा नामसारी गर्याे ।

यसरी १० रोपनी सरकारी जग्गा नै निजी सम्पत्ति बनाएको थियो । १० रोपनी जग्गा अरुण चौधरी र उनकी श्रीमती शीला चौधरीको स्वामित्व रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालीको नाममा छ । अहिले  त्यहाँ चौधरी ग्रुपकै चाँदबाग स्कुल छ ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved