प्रधानमन्त्री कप क्रिकेट

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

फाइनलमा आर्मी र नेपाल पुलिस क्लब भिड्ने

नेपालभ्युज

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेसँगै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। फाइनलमा आर्मीले अर्को विभागीय क्लब नेपाल पुलिसको सामना गर्नेछ ।

९ खेलबाट ७ खेलमा जित हासिल गरेको आर्मी १४ अंकमा दोस्रो स्थानमा रह्यो। ९ खेलमध्ये ७ खेलमा पराजित भएको गण्डकी भने आठौं स्थानमा रहँदै बाहिरियो।

कमजोर ब्याटिङ गरे पनि बलरहरूले चामत्कारिक बलिङ गर्दा आर्मी उपाधि नजिक पुगेको हो । १३३ रनको समान्य लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अलआउट भयो। गण्डकीका लागि इश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन बनाए। २ खेलाडी डगआउट हुँदा ५ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

गण्डकीलाई सस्तैमा प्याक गर्न आर्मीका लागि शाहब आलमले ४ विकेट लिए। कुशल मल्ल र जितेन्द्र मुखियाको नाममा २–२ विकेट रह्यो।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो। आर्मीका लागि इम्रान शेखले ३४ र सोमपाल कामीले २३ रन बनाए।

गण्डकीका लागि कृष्ण पौडेल, विपिन खत्री, अमृत गुरुङ र कमल परियारले २–२ विकेट लिए। सन्दीप पराजुली र रोशन गौतमले भने १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved