पृथ्वीसुब्बा भन्छन्- पञ्चायतले हुर्काएको कर्मचारीतन्त्र गणतन्त्रमा पनि फेरिएन

'सिंहदरबारको एउटा कोठामा बसेर कानून बनाउने परम्परा तोड्नुपर्छ'

नेपालभ्युज

पृथ्वीसुब्बा भन्छन्- पञ्चायतले हुर्काएको कर्मचारीतन्त्र गणतन्त्रमा पनि फेरिएन

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिवसमेत रहेका सांसद पृथ्वीसुब्बा गुरुङले गणतन्त्रमा पनि पञ्चायनले नै हुर्काएको कर्मचारीतन्त्र रहँदा समस्या रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसद्‌को राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । “पञ्चायतले हुर्काएको कर्मचारीतन्त्र गणतन्त्रमा पनि फेरिएन । त्यसले पनि समस्या निम्त्यायो,” उनले भने ।

विधेयक निर्माणको प्रक्रिया पनि त्यस्तै रहेको उनले बताए । “त्यसमा पनि पुनरावलोकन हुनुपर्छ । यसले पनि कहीँ न कहीँ समस्या निम्त्याइरहेको छ,” उनले भने ।

गण्डककीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले सिंहदरबारको एउटा कोठामा बसेर कानून बनाउने प्रक्रिया रहेको भन्दै त्यसलाई तोड्नुपर्ने बताएका बताए ।

“सिंहदरबारको एउटा कोठामा बसेर कानून बनाउने हाम्रो परम्परा छ । अब त्यसलाई तोड्नुपर्छ,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved