पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बुधवार बसेको निगम सञ्चालक समितिले माघ १८ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार  इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved