इरानसँग युद्ध नचाहेको अमेरिकाको प्रष्टोक्ति

नेपालभ्युज

इरानसँग युद्ध नचाहेको अमेरिकाको प्रष्टोक्ति

काठमाडौं । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदमा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका हुन् । किर्बीले सैनिक मृत्यु प्रकरण निन्दनिय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका छन् ।

बाइडेनले आक्रमणका जिम्मेवार व्यक्तिलाई अमेरिकाले कारबाही गर्ने बताएका छन् । किर्बीको टिप्पणीपछि विदेश सचिव एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई रोक्न चाहेको प्रतिक्रिया दिएका छन् । उनले आफूहरु द्वन्द्व फैलिनबाट रोक्ने काम गरिरहेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved