ट्रान्सपरेन्सीको रिपोर्ट

नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा, गतवर्ष भन्दा केही सुधार भए पनि अवस्था नाजुक

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआइ)का अनुसार नेपाल विश्वका भ्रष्ट मुलुकमध्येमै छ । यद्यपी गत वर्षभन्दा केही सुधार भएको छ ।

नेपालभ्युज

नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा, गतवर्ष भन्दा केही सुधार भए पनि अवस्था नाजुक

काठमाडौं । नेपालमा भ्रष्टाचारसम्बन्धि सूचकांकमा गतवर्ष भन्दाकेही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआइ)का अनुसार नेपाल विश्वका भ्रष्ट मुलुकमध्येमै छ । यद्यपी गत वर्षभन्दा केही सुधार भएको छ ।

सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थानमा छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा थियो ।

प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले यो प्रतिवेदन अनुसार नेपालको सुशासनको अवस्था नाजुक रहेको बताइन । उनले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको, कमजोर न्याय प्रणालीका कारण दण्डहिनता बढेको समेत बताइन् ।

१८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा छ ।

यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट भन्ने जनाउँदछ । ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको रुपमा चिनिन्छ । विश्वका दुई तिहाई भन्दा बढी मुलुकले ५० भन्दा कम अंक पाएका छन् ।

रिपोर्टमा विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको, सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेको, कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पुऱ्याएको जस्ता विषय उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved