प्रधानमन्त्री कप क्रिकेट

एपीएफले सुदूरपश्चिमलाई हरायो, फाइनलमा पुग्ने सम्भावना कायमै

नेपालभ्युज

एपीएफले सुदूरपश्चिमलाई हरायो, फाइनलमा पुग्ने सम्भावना कायमै

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मंगलबार एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले हराएको छ । यो जितसँगै एपीएफले फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

मूलपानी क्रिकेट मैदानमा एपीएफले ८८ रनको सामान्य लक्ष्य १४.१ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

एपीएफका लागि सन्दीप जोराले अविजित १८ र आसिफ शेखले १५ रन बनाए। सुदूरपश्चिमका दिपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो । नारायण जोशीले ३१ र खडग बोहराले २४ रन बनाए।

सुदूरपश्चिमलाई सस्तैमा अलआउट गर्न एपीएफका चन्दन रामले ५ विकेट लिए। उनले ७ ओभरमा ५१ रन खर्चेर फाइफर पुरा गरे । भुवन कार्कीले ३ र रोहित पौडेलले २ विकेट लिए।

एपीएफको ८ खेलबाट १० अंक भएको छ । उसको अब एक खेल मात्रै बाँकी छ । नेपाल पुलिस १४ अंक जोडेर दुई खेल अघि नै फाइनलमा पुगेको छ । तालिकामा एपीएफभन्दा अघि  १२ अंक जोडेका तीन टिम छन् ।

सुदूरपश्चिमको भने फाइनल पुग्ने सम्भावना सकिएको छ । उसको ८ खेलबाट ८ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved