बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल अवरुद्ध, दुईदिनदेखि यात्रु अलपत्र

बाक्लो हुस्सुका कारण शनिबारदेखि नेपालगञ्ज विमानस्थल बन्द छ । काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

नेपालभ्युज

बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल अवरुद्ध, दुईदिनदेखि यात्रु अलपत्र
फाइल फोटो

नेपालगन्ज । बाक्लो हुस्सुका कारण शनिबारदेखि नेपालगञ्ज विमानस्थल बन्द छ । काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

उडान अवरुद्ध भएपछि यात्रुहरू मौसम खुल्ने आशामा विमानस्थलमै बसिरहेका छन् । हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७-८  मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको  हो ।

बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको विमानस्थल प्रमुख सुरेश प्रसाद खनालले बताए ।

उनले भने, ‘‘हिजो (शनिबार) दिनदेखि  उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगन्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं जाने यात्रु अझ बढी समस्यामा परेका छन् ।’’

नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट  उडान भर्दै आएका छन् । ती सबै उडानका यात्रू अलपत्र छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved