दरबार हत्याकाण्डबारे म र मेरो परिवारलाई जोडेर भ्रम फैल्याइनु दुर्भाग्यपूर्ण : पूर्वराजा ज्ञानेन्द्र

नेपालभ्युज

दरबार हत्याकाण्डबारे म र मेरो परिवारलाई जोडेर भ्रम फैल्याइनु दुर्भाग्यपूर्ण : पूर्वराजा ज्ञानेन्द्र
फाइल फोटो

वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई जोडेर गरिने टिकाटिप्पणीविरुद्ध प्रतिक्रिया दिएका छन् । उनले  आफू र आफ्नो परिवारलाई जोडेर नकरात्मक भावना फैल्याइनु अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भनेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले अग्रजहरु गुमाउँदा झण्डै ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको सम्झिए ।

‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो,’ दरबार हत्याकाण्डबारे टिप्पणी गर्दै उनले भने, ‘हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’

२९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण स्मरण गराउँदै उनले भने, ‘त्यसबेला मैले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको थिएँ ।’

आफूले गद्दी छाड्नेबेला नै देशमा विषय परिस्थिति बन्ने र त्यसबाट आम जनतामा निराशा पैदा हुने आकलन गरेको उनले सम्झिए । ‘आज त्यो असन्तोष, चासो, चासो चिन्ता छलाछुल्ल छ,’ उनले भने ।

राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता सम्झिरहेको अहिले पनि सम्झिरहेको उनले बताए ।  ‘त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved