वर्षमान पुनले भने: गठबन्धनबारे कांग्रेससँग गम्भीर समीक्षा गर्ने अवस्था आयो

नेपालभ्युज

वर्षमान पुनले भने:  गठबन्धनबारे कांग्रेससँग गम्भीर समीक्षा गर्ने अवस्था आयो

रोल्पा । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले बताएका छन् ।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले यस्तो बताए ।

कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गर्दै समीक्षा गर्ने बेला भएको समेत उनले बताए ।
हरेकपटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो ?’

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति सङ्घर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले कोशीबाट कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved