राष्ट्रियसभा निर्वाचन

कोशीमा फ्लोर क्रस : एमालेकी रुक्मिणीले निकालिन् अनपेक्षित जित

गठबन्धनकी कार्की पराजित

नेपालभ्युज

कोशीमा फ्लोर क्रस : एमालेकी रुक्मिणीले निकालिन् अनपेक्षित जित

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले) की उम्मेदवार रुक्मिणी कोइरालाले अनपेक्षित जित निकालेकी छन् ।

सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित निकालेकी हुन् । सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले भने नमिठो पराजित भोगेकी छन् ।

विजयी कोइरालालाई गठबन्धनका ३ प्रदेशसभा सदस्यहरूले मत दिए । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

कोशीमा एमाले-राप्रपा तालमेल थियो ।

प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् ।

कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved