कर्जाको ब्याजदर सिंगल डिजिटमा आउनसक्छः गभर्नर अधिकारी

नेपालभ्युज

कर्जाको ब्याजदर सिंगल डिजिटमा आउनसक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिंगल डिजिटमा आउने बताएका छन् ।

बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै गभनर्र अधिकारीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए ।

उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताए। उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए। उनले अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताए । उनले तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको बताए । उनले नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको बताए ।

उनले बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको बताए। उनले अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए । उनले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताए । उनले अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताए । उनले वाह्य क्षेत्रको सुधार,बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गरे ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताए। उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताए । उनले राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको पनि बताए। उनले अर्थतन्त्र सुधारको अवस्था आगामी दुई/तीन महिनामा देखिने बताए । उनले पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि बताए । उनले वाणिज्य बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए।

पूर्वगभर्नर डा. तिलक रावलले नेपालीको वित्तीय क्षेत्रमा सुखद् अवस्था नरहेको बताए । उनले बैंक तथा वित्तीय ठूला संस्थाहरु मुनाफाका आधारमा अफ्ठ्यारो परेको दाबी गरे । बैंक तथा वित्तीय संस्थाहरुको विगतको तुलनामा मुनाफा र प्रतिशेयर आम्दानी घट्दो अवस्थामा रहेको बताए ।

उनले पछिल्लो समय बैंकहरुमा खराब कर्जा वृद्धि हुँदै गएको बताए। तर अहिलेको समग्र अवस्थालाई हेर्दा निराश हुनुपर्ने अवस्था भने नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved