संकल्पयात्रामा संकलन गरेका सुझावसहित एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेपालभ्युज

संकल्पयात्रामा संकलन गरेका सुझावसहित एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संकल्प यात्रामा संकलन गरेको सुझावका आधारमा ७५१ बुँदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

मंगलबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले पत्र बुझाएको हो ।

गत मंसिर १४ देखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको एमालेले जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझाएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझाव सरकारलाई दिएको बताए ।

उनले संकल्प यात्राका क्रममा देशभरका जनताले राखेका यी सुझाव कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको पनि बताए ।

पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । उनले एमालेका सुझाव दराजमा थन्किन नपाउने भन्दै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने बताएका थिए ।

ध्यानाकर्षण पत्रमा  मध्यपहाडी क्षेत्रका समस्यालाई मुख्य रुपमा उठाइएको एमालेले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved