राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपा तालमेलले गठबन्धनलाई कस्तो असर पार्छ ? 

माघ ११ गते हुने आसन्न राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल हुँदैछ, जसका लागि सोमबार दुई दलका नेताहरूबीच लिखित सम्झौतामा हस्ताक्षर भइसकेको छ । 

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपा तालमेलले गठबन्धनलाई कस्तो असर पार्छ ? 

विराटनगर । माघ ११ गते हुने आसन्न राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल हुँदैछ, जसका लागि सोमबार दुई दलका नेताहरूबीच लिखित सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

कोशी राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाका अनुसार त्यहाँ अन्य र महिला गरी दुई क्लस्टरमा सहमति भएको हो । अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् । उनीहरूलाई जिताउने सहमति आफूहरूबीच भएको नेता सिटौलाले बताए । “सहमति भइसकेको छ । अवस्था वीन्-वीन् छ । नतिजा सकारात्मक आउँछ,” उनले भने ।

प्रदेश सभामा एमालेका ४० सांसद छन् भने एमालेबाट निर्वाचित स्थानीय तहका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख ११२ छन् । जसको कूल मतभारको योगफल ४ हजार २४८ हुन्छ । यसैगरी प्रदेश सभामा राप्रपाका ६ जना सांसद् छन् भने ४ जना अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख छन् । जसको कूल मतभारको योगफल ३९४ हुन्छ ।

यस्तै गठबन्धनसम्बद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का क्रमश: २९, १३, ४ र १ सांसद छन् ।

यस्तैगरी स्थानीय तहमा ११३, माओवादी केन्द्र ३१, एकीकृत समाजवादी ७ र जसपाका ४ छन् । यसरी हेर्दा गठबन्धनको कूल मतभार ५ हजार ४३६ पुग्छ ।

यसकारण एमाले-राप्रपा तालमेलबाट गठबन्धन अत्तालिनुपर्ने अवस्था देखिँदैन । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ भन्छन्, “हामी सुविधाजनक अवस्थामा छौँ । एमाले-राप्रपा मिल्दा पनि हामी डराउनुपर्ने अवस्था छैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved