राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपाबीच तालमेल

जसमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने छ भने राप्रपाले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने छ ।

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले-राप्रपाबीच तालमेल

विराटनगर । माघ ११ गते हुने आसन्न राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल हुने भएको छ ।

कोशीमा अन्य र महिला क्लस्टर गरी दुई सिटका लागि निर्वाचन हुँदैछ । त्यसमा एक/एक सिट बाँड्नेगरी एमाले-राप्रपाबीच तालमेल हुने राप्रपा नेता भक्तिप्रसाद सिटौलाले बताए ।

जसमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने छ भने राप्रपाले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने छ ।

त्यसो हुँदा दुवै उम्मेदवार जित्ने दाबी नेता सिटौलाले गरे । नेपालभ्यूजसँग उनले भने— यो भनेको वीन्-वीन् अवस्था हो । दुवै उम्मेदवारले जित्नुहुन्छ । त्यसैअनुसार हामीले तयारी गरिरहेका छौँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved