सभामुख घिमिरेले सबै संसदीय समितिका सभापतिलाई सिंहदरबार बोलाए

नेपालभ्युज

सभामुख घिमिरेले सबै संसदीय समितिका सभापतिलाई सिंहदरबार बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिलाई आज छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले बिहान ११ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

घिमिरेले समितिलाई सक्रिय बनाउने, जारी दफाबार छलफललाई तीव्र पार्ने, आगामी अधिवेशनमा विधेयक पेश गरिने लगायतका विषयमा सभापतिसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले समितिको कामकारबाही र गतिविधिबारे भइरहेका प्रगतिबारे जानकारी लिने बताइएको छ । घिमिरे सभामुखमा चयन भएको १ वर्ष पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved