भोलिदेखि एक सातासम्म काठमाडौंका यी स्थानमा बिजुली आउने छैन, हेर्नुहोस् तालिका

नेपालभ्युज

भोलिदेखि एक सातासम्म काठमाडौंका यी स्थानमा बिजुली आउने छैन, हेर्नुहोस् तालिका

काठमाडौं । काठमाडौंमा भोलिदेखि विभिन्न स्थानमा सात दिनसम्म विद्युत् सेवा आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणको भनाई छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

माघ ७ गते महाराजगञ्जदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति अबरुद्ध हुने भएको हो ।

११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हने छ ।

त्यस्तै, १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म बिजुली नआउदा १३ गते भने गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

हेर्नु होस् तालिका


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved