प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कर्णालीले लुम्बिनी प्रदेशलाई आज ६० रनले पराजित गरेको छ।

भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ४१.२ ओभरमा १२४ रनमा अलआउट गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

लुम्बिनीका लागि कृष्णा कार्कीले ४७ रन बनाए पनि हार टार्न सकेनन् । कर्णालीका दिनेश अधिकारीले ३, अनुज चनाराले र दिपेन्द्र रावतले २–२ तथा दिवान पुनले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । दिनेश अधिकारीले सर्वाधिक ५६ र दिपेन्द्र रावतले ४७ रन बनाएका थिए ।

लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले ३–३ तथा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved