प्रधानमन्त्री कपमा बागमतीले आर्मीलाई ३ विकेटले हरायो

नेपालभ्युज

प्रधानमन्त्री कपमा बागमतीले आर्मीलाई ३ विकेटले हरायो

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले  नेपाल आर्मीलाई तीन विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार बागमतीले ९८ रनको सामान्य लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमाएर पार गरेको हो ।

२३ ओभरको पहिलो बलमा शाहब आलमको बलमा छक्का प्रहार गर्दै प्रतिस जिसिले बागमतीको जित सुनिश्चित गरेका थिए । उनी २१ रनमा अविजित रहे । अशोक पौडेलले पनि २१ रन नै बनाए।

आर्मीका लागि सोमपाल कामीले ३, जितेन्द्र मुखियाले र शाहब आलमले २-२ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा ९७ रनमा अलआउट भएको थियो । कप्तान विनोद भण्डारीले २८ रन बनाएका थिए ।

आर्मीलाई सस्तैमा अलआउट गर्न सूर्य तामाङले ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।

बागमतीका प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved