प्रधानमन्त्री कप

बागमतीविरुद्ध आर्मी ९७ रनमै अलआउट, सूर्य तामाङले लिए ५ विकेट

नेपालभ्युज

बागमतीविरुद्ध आर्मी ९७ रनमै अलआउट, सूर्य तामाङले लिए ५ विकेट

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङले घातक बलिङलाई निरन्तरता दिएपछि आर्मी २७.१ ओभरमा सस्तैमा अलआउट भएको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए । आर्मीका ६ खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

आर्मीलाई सस्तैमा प्याक गर्न सूर्य तामाङले २६ रन खर्चेर ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।

बागमतीका प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved