:

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गरेको छ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा मंगलबार सुदूरपश्चिमले कर्णालीलाई १३४ रनले पराजित गरेको हो । यो जितसँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ ।

२७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका दिवान पुनले ३८ र अर्जुन घर्तीले २४ रन बनाए।

कर्णालीलाई सस्तैमा आउट गर्न सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए। विकास आग्रीले २ तथा नारायण जोशी, नरेन भट्ट र भोज राज भट्टले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेट क्षतिमा २७७ रन बनाएको थियो । खडग बोहरा, टेक रावत र किरण ठगुन्नाले अर्धशतक बनाए । खडगले ८०, टेकले ५९ र किरणले ५० रन बनाए।

कर्णालीका दिपेन्द्र रावत, प्रकाश जैशी, उनिस सिंह र दिनेश अधिकारीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved