प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको पहिलो जित, सूर्य तामाङले लिए ६ विकेट

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको पहिलो जित, सूर्य तामाङले लिए ६ विकेट

काठमाडौं। सूर्य तामाङले ६ विकेट लिएपछि प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले मधेसलाई ८६ रनले पराजित गरेको हो ।

यसअघि लगातार २ खेलमा पराजित भएको बागमतीले तेस्रो खेलमा जित हासिल गरेको हो ।

१९१ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभरमा १०४ रनमा अलआउट भयो। मधेसका लागि पवन सराफले ४५ र मयन यादवले ३१ रन बनाए ।

बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । उनले १८ रन मात्रै खर्चेका थिए । सूर्यले २८ ओभरको पहिलो ३ बलमा ह्याट्रिक पूरा गरे। प्रतिस जिसी र इशान पाण्डेले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । बागमतीका लागि प्रतिस जिसीले ५९ रन बनाएका थिए।

मधेसका लागि अर्निको यादव र रुपेश सिंहले २–२ तथा राजेश यादव, रंजित कुमार, हरिशंकर शाह र पवन सराफले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved