अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित, कोशी ७ विकेटले पराजित

नेपालभ्युज

अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित, कोशी ७ विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। यससँगै ४ अंक जोडेको पुलिस अंकतालिकाको दोस्रो स्थानमा छ भने लगातार तेस्रो खेलमा पराजित भएको कोशी पुछारमा छ।

१६९ रनको सामान्य लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो। पुलिसका लागि अर्जुन साउदले अर्धशतकक बनाए । ६३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्जुन ६२ रन अविजित रहे।

कप्तान दिपेन्द्र सिंह ऐरी ३८ रनमा अविजित रहँदा दिलिप नाथले भने ३१ रन बनाए। कोशीका लागि कमल खत्रीले २ तथा सोनु मन्डलले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमा अलआउट भएको थियो । कोशीका सुजन थपलियाले शतक प्रहार गरे । उनले १२६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रनको योगदान गरे।

पुलिसका करण केसीले ३, सुनिल धमला र ललित राजवंशीले २–२ तथा कुशल भूर्तेल, राशिद खान र सागर ढकालले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved